Main News

कोरोना कहर : दशैंमा कतै नजान आम नागरिकलाई विज्ञको आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ कार्तिक १ गते १७:०६
कोरोना कहर : दशैंमा कतै नजान आम नागरिकलाई विज्ञको आग्रह (भिडियोसहित)

१ कात्तिक, २०७७ काठमाडौं । दशैं नजिकिँदैछ । शहरमा रहेका अधिकांश मानिस गाउँ फर्कने तयारीमा छन् । विज्ञले भने चाडपर्व मनाउनकै लागि घर नजान सबैलाई आग्रह गरेका छन् ।

शरद ऋतुसँगै शहर बजार होस वा गाउँघर दशैंको रौनक शुरु हुन्छ । हामी दशैं भन्ने बित्तिकै गाउँ सम्झन्छौं । दशैंको कुरा आउने बित्तिकै ठूलाबडाको हातबाट टीका थाप्ने, पिङ खेल्ने, साथीभाई इष्टमित्रसँग भेटघाट गर्ने भन्ने कुराले मनलाई खुसी बनाउँछ ।

हुन पनि वर्षेनी हामीले दशैं यसै गरी मनाएका छौं । तर अहिले गत वर्षको जस्तो समय छैन । किनकी हामी सबै कोरोना कहरमा छौ ।अहिले कसैसँग नजिक भन्दा पनि टाढा हुनुपर्ने अवस्थामा छ । आफन्तसँग टाढा भएर चाडपर्व मनाउन खल्लो लाग्ने भएपनि यो वर्ष यसो गर्नूको विकल्प नै छैन ।

कोरोनाबाट बच्न दूरी बढाउनु अत्ति नै आवश्यक छ । आफन्त, साथी भाईबीच जति धेरै नजिक हुन्छौं, त्यति नै धेरै जोखिम छ । यो कुरा भुल्दै, चाडबाडका नाममा भिडभाड गर्ने हो भने यसको परिणाम अकल्पनीय पनि हुन सक्छ ।

नेपालमा कोरोना फैलिएको ८ महिना बितिसकेको छ । यो अवधिमा कोरोनाबाट बच्ने उपाय थाहा पाइसकेका छौ । महिनौंसम्म सिकेको कुरा थप व्यवहारमा उतार्नुपर्ने बेला पनि यही नै हो । अस्पतालमा भेन्टिलेटर, आइसियूमा संक्रमित भरिदै गएका छन् । यो अवस्थामा चाडपर्वकै लागि आवतजावत बन्द गर्न नै उपयुक्त हुने भएकोले त्यसै अनुसार गर्न विज्ञको आग्रह छ ।

कोरोना जस्लाई पनि लागेको हुन सक्छ । कोरोनाका कारण रोग प्रतिरोधात्मक क्षमता कम भएका, जेष्ठ नागरिक, बालबालिका लगायतका व्यक्तिहरु बढि प्रभावित हुन सक्छन् । त्यसैले चाडपर्वमा उनीहरुसँग भेट्दा यस्ता सावधानी अपनाउन पनि विज्ञको सुझाव छ ।

विज्ञहरुले मात्रै होइन, सरकारले पटकपटक भनिरहेको छ । जो जहाँ छौं त्यहीँ चाडपर्व मनाउँ। सावधानी अपनाउँदै कोरोना कहर जित्न सकेँ अर्को दशैं अझै रमालोसँग मनाउन सकिनेछ । सबैले यसमा ध्यान दिन जरुरी छ । किनकी अहिलेको अवस्था आफू बच्नु र अरुलाई बचाउनु हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *