वीरगञ्जमा प्रहरीको छापा, २३ किलो सुन बरामद

१ कात्तिक, २०७७ काठमाडौं । प्रहरीले पर्साको वीरगञ्जबाट २३ किलोभन्दा बढी सुन बरामद गरेको छ ।
वीरगञ्ज महानगरपालिका वडा नम्बर ५ रेशमकोठीस्थित श्री गणेश अपार्टमेन्टमा छापा मारेर २२ किलो ५ सय ७६ ग्राम सुनका बिस्कुट र ६ सय ८१ ग्राम सुनका गरगहना बरामद गरेको हो ।
यस्तै २ किलो २ सय ६२ ग्राम चाँदीका गरगहना र थालसहितका भाँडाकुडा बरामद गरिएको पर्साका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।
विशेष सूचनाका आधारमा दुई दिनदेखि निगरानी पश्चात आज दिउँसो एपार्ट्मेन्टको तेस्रो तल्लाको ३ सय ३ नम्बरको फ्ल्याटबाट सुन चाँदी बरामद गरिएको हो ।
छापा मारिएको फ्ल्याटमा भारतको पुर्बी चम्पारण हरैयाका अशोक सिन्हा बस्ने गरेको अपार्टमेन्टका सुरक्षागार्डले जानकारी दिएका छन् ।
प्रहरीले छापा मार्दा त्यहाँ कोही पनि नभएको र स्थानीय जनप्रतिनिधिको रोहबरमा ताला खोली खान तलासी गरिएको प्रहरीले जनाएको छ ।
Aza suna baramat kehi di paxi ta pital raxa vani report auxa hola.