Main News
ललितपुरमा भोलिदेखि अत्यावश्यकबाहेकका सेवा स्थगित
२०७७ कार्तिक १ गते ७:२१

१ कात्तिक, २०७७ ललितपुर । ललितपुरमा भोलिदेखि अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरिएकव छ ।
काठमाडौं उपत्यकामा कोरोना संक्रमण अत्यधिकरुपमा फैलिरहेका कारण सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयहरुमा सेवाग्राहीहरुको भिडभाड रोक्न उक्त निर्णय गरिएको हो ।
संक्रमण फैलन सक्ने उच्च जोखिम रहेका कारण आइतबारदेखि अत्यावश्यक बाहेकका सेवाप्रवाह स्थगित गरिएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।
प्रतिक्रिया