Main News
गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीलाई बाहिर ननिस्कन आग्रह
२०७७ असोज ३० गते १८:३२

३० असोज, २०७७ काठमाडौं । सरकारले गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक र दीर्घ रोगीहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
काठमाडौं उपत्यका लगायतका देशका विभिन्न भाग तिव्र रुपमा कोरोना संक्रमतिको संख्या बढ्न थालेपछि जोखिममा रहेका व्यक्तिलाई घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको हो ।
अस्पतालहरुमा आइसीयु भरिँदै गएकाले स्वास्थ्यको ख्याल गर्न प्रवक्ता गौतमले आग्रह गरे। परिवारका अन्य सदस्यहरु पनि उनीहरुको कम सम्पर्कमा रहन मन्त्रालयले सबैलाई अपिल गरेको छ।
प्रतिक्रिया