Main News

भारतको एक र नेपालका दुई कम्पनीलाई रेम्डिसिभिर नामक औषधि आयात अनुमति

हिमालय टिभी
२०७७ असोज ३० गते १३:१९
भारतको एक र नेपालका दुई कम्पनीलाई रेम्डिसिभिर नामक औषधि आयात अनुमति

३० असोज, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेम्डिसिभिर औषधि आयातका लागि नेपालका दुई र भारतको एक कम्पनीलाई अनुमति दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यति फार्माकेम डिस्टिब्युर्टस प्राइभेट लिमिटेड ललितपुर, सिनर्जी ओभरसिस् प्राइभेट लिमिटेड, काठमाडौं र भारतको हेट्रो ल्याब्स् लिमिटेडलाई रेम्डिसिभिर विक्री वितरणत तथा आयातको अनुमति दिएको हो ।

मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले यो औषधि आवश्यक पर्ने कोभिड नाइन्टिनका बिरामीले चिकित्सकको सिफारिसमा सूचीकृत फर्म र फार्मेसीमा सम्पर्क राख्नुपर्ने जानकारी दिनुभयो ।

कोरोना भाइरस कोभिड नाइन्टिनको उपचारका लागि नेपालमा क्लिनिकल ट्रयालका रुपमा रेम्डिसिभिर नामक औषधि प्रयोगमा ल्याएको छ। कोभिडका कारण गम्भिर अवस्थामा रहेका बिरामीको उपचारका लागि रेम्डिसिभिर प्रयोग हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *