Main News

कोरोना संक्रमणबाट रुपन्देही र बाँकेमा थप एकएक जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज ३० गते १३:०३
कोरोना संक्रमणबाट रुपन्देही र बाँकेमा थप एकएक जनाको मृत्यु

३० असोज, २०७७ काठमाडौं । कोरोना संक्रमणबाट रुपन्देही र बाँकेमा दुई जनाको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा नम्बर २ का ६७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिनुभयो ।

गत असोज २१ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि लुम्बिनी प्रादेशिक कोरोना विशेष अस्पताल बुटवलमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उनलाई २५ गतेबाट भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

एक्कासी स्वास्थ्य झन जटिल भएपछि आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको छ ।

यस्तै बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ । रुकुमको चौरजहारी नगरपालिका वडा नम्वर १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा बिहान ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *