Main News

राप्रपा अध्यक्ष थापासहित परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज ३० गते ७:३५
राप्रपा अध्यक्ष थापासहित परिवारका सात जनामा कोरोना संक्रमण पुष्टि

३० असोज, २०७७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।

थापासहित उहाँको परिवारका सात जना सदस्यमा सङ्क्रमण देखिएको थापाका स्वकीय सचिव दामोदर वाग्लेले जानकारी दिनुभयो ।

उहाँमा सामान्य लक्षण देखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको थापाले ट्वीटमार्फत उल्लेख गर्नुभएको छ ।

थापाकी पत्नीमा भने सङ्क्रमण देखिएको छैन । उहाँ अहिले बूढानीलकण्ठस्थित निवासमै आइसोलेशनमा रहनुभएको पार्टी सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

केही दिनयता आफूसँग सम्पर्कमा आएका सबैलाई सुरक्षित र सतर्क रहन अध्यक्ष थापाले अनुरोधसमेत गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *