Main News

हुम्लामा चीनले नेपाली सीमा मिचेको कांग्रेसको ठहर, सरकारको धारणा माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २८ गते १८:३४
हुम्लामा चीनले नेपाली सीमा मिचेको कांग्रेसको ठहर, सरकारको धारणा माग (भिडियोसहित)

२८ असोज, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ ।

कांग्रेस केन्द्रिय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदनले भूमि मिचिएको पुष्टि हुने आधार भएको कांग्रेसले बताएको छ । चीनको तर्फबाट सिमाना मिचिएको खबर बाहिर आएपछि सरकारले हतारोमा टिप्पणी गरेको आरोप पनि कांग्रेसले लगाएको छ ।

सीमा मिचिएकै छैन भनेर सरकारले हतारोमा टिप्पणी गर्‍यो । स्थलगत अध्ययन गरी फर्किएको टोलीको प्रतिवेदनका आधारमा राजनीतिक दल र राज्यले आफ्नो धारणा बनाउनुपर्नेमा त्यसो हुन सकेन । सहायक प्रमुख जिल्ला अधिकारीले सीमा मिचिएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधियो । अहिले टोली फर्किएर आउँदा पनि न प्रतिवेदनका आधारमा सरकारले आफ्नो धारणासमेत सार्वजनकि गरेन ।

पिलर नजिकै चीनले तारबार गरेको, नेपाली भूमिमा भौतिक संरचना निर्माण गरेको र एउटा पिलर भरखरै निर्माण गरेको तथ्यहरु सार्वजनिक भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनुभयो ।

सरकारी अधिकारीहरु अध्ययनका लागि घटनास्थल नपुग्दै सीमा मिचिएको छैन भन्दै अभिव्यक्ति दिने सरकारले सरकारी टोलीको प्रतिवेदन किन सार्वजनिक नगरेको भन्दै उहाँले प्रश्न समेत गर्नुभयो ।

उहाँले ‘‘सीमा मिचिएकै छैन भनेर सरकारले हतारोमा टिप्पणी गर्‍यो । स्थलगत अध्ययन गरी फर्किएको टोलीको प्रतिवेदनका आधारमा राजनीतिक दल र राज्यले आफ्नो धारणा बनाउनुपर्नेमा त्यसो हुन सकेन । सहायक प्रमुख जिल्ला अधिकारीले सीमा मिचिएको भन्दै २४ घण्टे स्पष्टिकरण सोधियो । अहिले टोली फर्किएर आउँदा पनि न प्रतिवेदनका आधारमा सरकारले आफ्नो धारणासमेत सार्वजनकि गरेन ।’’

सरकारले अध्ययनबिना नै चीनले भूमि नमिचेको सार्वजनिक अभिव्यक्ति दियो । त्यसलाई हामीले गम्भिर रुपमा लियौँ । जीवन बहादुर शाहीको नेतृत्वमा १४ गते गएको टोलीले सीमा मिचिएको तथ्यसहित प्रतिवेदन बुझाउनुभएको छ । कूटनीतिक प्रश्नमा आवेगमा आएर भनदा वस्तुगत भएर बोल्नुपर्ने भएपनि सरकारले हतारमा सीमा मिचिएको छैन भन्यो । अहिले प्रतिवेदन आएपनि सरकारले सार्वजनिक गरिरहेको छैन । आफ्नो धारणा समेत सार्वजनिक नगरी मौन बसेको छ ।

प्रवक्ता शर्माले पार्टीको तर्फबाट शाहीको नेतृत्वमा असोज १४ गते लिमी लगायतका ठाउँमा स्थलगत अध्ययनका लागि गएकोमा टोलीले सीमा मिचिएको प्रतिवेदन बुझाएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सरकारले अध्ययनबिना नै चीनले भूमि नमिचेको सार्वजनिक अभिव्यक्ति दियो । त्यसलाई हामीले गम्भिर रुपमा लियौँ । जीवन बहादुर शाहीको नेतृत्वमा १४ गते गएको टोलीले सीमा मिचिएको तथ्यसहित प्रतिवेदन बुझाउनुभएको छ । कूटनीतिक प्रश्नमा आवेगमा आएर भनदा वस्तुगत भएर बोल्नुपर्ने भएपनि सरकारले हतारमा सीमा मिचिएको छैन भन्यो । अहिले प्रतिवेदन आएपनि सरकारले सार्वजनिक गरिरहेको छैन । आफ्नो धारणा समेत सार्वजनिक नगरी मौन बसेको छ ।’’

कांग्रेसले सरकारलाई आफ्नो धारणा छिटो सार्वजनिक गर्न माग गर्दै उच्चस्तरीय वार्ता टोली गठन गरी भूमि फिर्ताका लागि पहल गर्नुपर्ने पनि बताएको छ ।

११ दिनसम्म नेपाल—चीन सीमा निरीक्षण गरेको शाही नेतृत्व टोलीले नाम्खा गाउँपालिकामा पर्ने लोलुङजोङमा चीनद्वारा निर्मित भौतिक संरचनाहरु नेपाली भूभागमा पर्ने निष्कर्ष पनि निकालेको छ ।

चीनले ५ (२) नम्बरको पुरानो सीमा स्तम्भलाई उखेलेर एकतर्फी रुपमा नयाँ बनाएको, नेपालले गप्पुदोचादेखि निर्माण गरेको दुई किलोमिटर सडकखण्ड पनि चीनले अतिक्रमण गरेको प्रतिवेदनमा उल्लेख छ ।

चीनले दशगजा क्षेत्रमा नियमविपरीत हिल्सा सीमाको ९ (२) नम्बर स्तम्भको बीच रेखामा तारबार र गेट निर्माण गरेको, ५ (१) र ५ (२) सीमा स्तम्भलाई चीनले तारबार गरी राखेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *