शवदाह गृह सञ्चालन गर्न काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता
२८ असोज, २०७७ काठमाडौं । विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबीच सम्झौता भएको छ ।
महानगरपालिकाको आर्थिक वर्ष २०७७–०७८ को वार्षिक बजेटबाट आर्थिक व्यवस्थापन गरी शवदाहगृह निर्माण हुने छ । महामारी, प्राकृतिक प्रकोपमा देखापर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै शवदाहगृह निर्माणको सम्झौता गरिएको कोषका सदस्यसचिव डा. प्रदीप ढकालले बताउनुभयो ।
लाइन बसेर शव जलाउनुपर्ने अवस्था र बढ्दो मागलाई मध्यनजर गर्दै थप ८ वटा गृह निर्माण गरिने उहाँले बताउनुभयो ।
महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले अहिले निर्माण कार्य अगाडि बढेका सबै शवदाह निर्माणको आर्थिक जिम्मेवारी महानगरपालिकाले लिने बताउनुभयो ।
महानगरपालिकाले पहिलो किस्तामा सम्झौता भएको रकमको ३० प्रतिशत, दोस्रो किस्तामा ३० र अन्तिम किस्तामा बाँकी रकम भुक्तनी गर्नेछ । आर्यघाटमा अहिले दैनिक ३५ देखि ४५ वटा शवदाह हुने गरेकोमा २० वटा शव विद्युतीय गृहमा दाह गर्ने गरिएको छ ।
प्रतिक्रिया