Main News

नेपालमा हालसम्म ९ सय ८६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ असोज २८ गते १३:२७
नेपालमा हालसम्म ९ सय ८६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि

२८ असोज, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट हालसम्म देशभर ९ सय ८६ जना स्वास्थ्यकर्मी संक्रमित भएका छन्‌।

संक्रमितहरूको प्रत्यक्ष निगरानी गर्नुपर्ने हुँदा धेरै अस्पतालका स्वास्थ्यकर्मीहरू संक्रमित हुन पुगेका हुन्। ​यो विवरण स्वास्थ्य मन्त्रालयको सिस्टममा आएको तथ्यांक मात्र हो।

तर, कतिपय संक्रमित स्वास्थ्यकर्मीहरूको संख्या यो तथ्यांकमा समावेश हुन नसकेको मन्त्रालयले जनाएको छ । पर्साको नारायणी अस्पतालका स्वास्थ्यकर्मी सबैभन्दा धेरै प्रभावित भएका छन्। नारायणी अस्पतालमा कार्यरत एक सय ९ जना स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्‌।

वीर अस्पतालमा एक सयभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित भएको मन्त्रालयले जानकारी दिएको छ ।

विराटनगरको कोशी अस्पतालमा कार्यरत ९२ जना स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, धरानको विपी कोइरला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ८९ जना स्वास्थ्यकर्मीलाई कोरोना लागेको छ।

भक्तपुरमा १९, अछाममा १२, बाजुरामा ७, बाँकेमा ८ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। मन्त्रालयको विवरण अनुसार देशभरका विभिन्न प्रयोगशालामा काम गर्ने १०३ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *