Main News

नेकपा सांसद सानु शिवाको उपचारको क्रममा निधन

हिमालय टिभी
२०७७ असोज २८ गते १३:०३
नेकपा सांसद सानु शिवाको उपचारको क्रममा निधन

२८ असोज, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी सांसद सानु शिवाको उपचारका क्रममा बिहान निधन भएको छ।

प्रतिनिधिसभामा समानुपातिक सांसद शिवाको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो ।

७ वर्षअघि मृगौला फेल भएर प्रत्यारोपण गरेका सांसद शिवालाई पछिल्लो समय मुटुको समस्या देखिएको थियो ।

चार दिनअघि एक्कासी मुटुमा समस्या आएपछि उहाँलाइ काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

जनसांस्कृतिक महासंघकी केन्द्रीय सदस्यसमेत रहेकी शिवाले २५ भन्दा धेरै जनवादी गीतमा स्वर दिनुभएको छ । उहाँका श्रीमान, एक छोरा र एक छोरी छन्। प्रधानमन्त्री केपी ओलीले सांसद शिवाको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *