Main News

नेपाल राष्ट्र संघीय मानव अधिकार परिषद सदस्यमा पुनः निर्वाचित

हिमालय टिभी
२०७७ असोज २८ गते ७:४३
नेपाल राष्ट्र संघीय मानव अधिकार परिषद सदस्यमा पुनः निर्वाचित

२८ असोज, २०७७ काठमाडौं । नेपाल संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा आगामी कार्यकालका लागि निर्वाचित भएको छ ।

सन् २०२१(२०२३ का लागि नेपाल पुनःनिर्वाचित भएको छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र परराष्ट्र सचिव भरतराज पौड्यालले ट्विटरमा नेपाल निर्वाचित भएको सार्वजनिक गरेका छन् । नेपालले १५० भोट पाएको छ ।

नेपाल अहिले पनि मानवअधिकार परिषद्को सदस्य छ । नेपालसहित एशिया प्रशान्त क्षेत्रबाट थप तीन देश चीन, पाकिस्तान र उज्वेकिस्तान निर्वाचित भएका छन् । जम्मा ४७ सदस्य रहेको परिषद्मा यसपटक १५ सिटका लागि निर्वाचन भएको हो ।

यसपटक निर्वाचित अन्य देशहरूमा अफ्रिकाबाट आइभोरी कोष्ट, गाबोन, मालबी र सेनेगल, पूर्वी युरोपबाट रूस र युक्रेन, ल्याटिन अमेरिकाबाट बोलिभिया, क्युबा र मेक्सिको, पश्चिम युरोपबाट फ्रान्य र बेलायत छन् ।

एशिया प्रशान्त क्षेत्रबाट १३, अफ्रिकाबाट १३, पूर्वी युरोपबाट ६, ल्याटिन अमेरिका र क्यारेबियन स्टेट्सबाट ८ तथा पश्चिम युरोप र अन्य स्टेटहरूबाट ७ सिटमा प्रतिनिधित्व हुॅदै आएको छ ।

संयुक्त राष्ट्र संघका लागि नेपाली स्थायी प्रतिनिधि अमृतबहादुर राईले नेपाल पुनःनिर्वाचित हुनु राजनीतिक र मानव अधिकारमा नेपालले तय गरेको प्रगतिशील यात्रालाई अन्तराष्ट्रिय समुदायले स्वीकृति दिएको प्रतिक्रया दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *