Main News
कोरोना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा स्थगित
२०७७ असोज २७ गते १८:२८
२७ असोज, २०७७ काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अर्को सूचना नभएसम्मका लागि अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत चारजना कर्मचारीमा कोरोना संक्रमणको पुष्टि भएपछि अत्यावश्यक बाहेकका सबै सेवा रोकेको हो ।
सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिमका कारण अर्को सूचना नभएसम्म शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवा मात्रै सञ्चालनमा आउनेछ ।
ती बाहेक बाँकी काम भने तत्कालका लागि स्थगित गरिएको प्रशासनले जनाएको छ ।
प्रतिक्रिया