Main News

नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, २५५६ जना नयाँ संक्रमित थपिए

हिमालय टिभी
२०७७ असोज २७ गते १६:३६
नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, २५५६ जना नयाँ संक्रमित थपिए

२७ असोज, २०७७ काठमाडौं । नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस (कोभिड—१९) संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ५ सय ७७ पीसीआर परीक्षण भएकोमा ३५ सय ५६ जनामा संक्रमण देखिएको हो । आज काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ गरी उपत्यकाभित्र २ हजार १ सय २९ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमलेब बताउनुभयो ।

यस्तै नेपालमा कोरोना भाइरस संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ६ सय ६३ पुगेको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ६ सय ९६, प्रदेश नम्बर २ मा ७ सय ७६, बागमती प्रदेशमा ९ हजार ९ स ५० र गण्डकी प्रदेशमा ५ सय ६७ जना रहेका छन् । यस्तै लुम्बिनी प्रदेशमा १३ सय ६०, कर्णाली प्रदेशमा ५ सय ४८ र सुदूरपश्चिम प्रदेशमा १ सय ५१ गरी देशभरी १५ हजार ४८ जना संस्था आइसोलेसनमा रहेका छन् ।

होम आइसोलेसनमा प्रदेश नम्बर १ मा २ हजार ४ सय ५५, प्रदेश नम्बर २ मा ४ सय ८२, बागमती प्रदेशमा १३ हजार ७ सय ३३ र गण्डकी प्रदेशमा ८ सय ४२ जना रहेका छन् । लुम्बिनी प्रदेशमा २ हजार १ सय ३, कर्णाली प्रदेशमा ५ सय ६० र सुदूरपश्चिम प्रदेशमा ६ सय ९२ गरी देशभरी २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेका छन् ।


आज १ हजार ५ सय ३ कोरोना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ६ हजार ८ सय ३४, प्रदेश नम्बर २ मा १५ हजार १ सय ११, बागमती प्रदेशमा ३० हजार ४ सय २९ र गण्डकी प्रदेशमा ४ हजार २ सय ९० जना डिस्चार्ज भएका छन । लुम्बिनी प्रदेशमा १० हजार ९ सय ७९, कर्णाली प्रदेशमा ३ हजार ४ सय ९८ र सुदूरपश्चिम प्रदेशमा ७ हजार ६ सय ३९ गरी देशभरी ७८ हजार ७ सय ८० संक्रमित डिस्र्चाज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *