Main News
आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस भर्चुअल कार्यक्रम गरेर मनाइँदै
२०७७ असोज २७ गते ७:२८
२७ असोज, २०७७ काठमाडौं । आज विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस, नेपालसहित संसारभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष अक्टोबर महिनाको १३ तारिखमा विश्व प्राकृतिक प्रकोप नियन्त्रण दिवस मनाउने गरिएको छ ।
सन् १९८९ मा राष्ट्रसंघको साधारणसभाले प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी र जागरणको अभिवृद्धिका लागि दिवस मनाउने निर्णय गरेको थियो ।
गत वर्षहरुमा विभिन्न चेतनामूलक कार्यक्रम, सभा, सम्मेलन, गोष्ठी आयोजना गर्ने गरिएकोमा यो वर्ष कोभिड संक्रमणका कारण नेपालमा औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।
तर भर्चुअल गोष्ठी र जागरण कार्यक्रम भने गरिंदैछ । हरेक वर्ष प्राकृतिक प्रकोपका कारण विश्वभर लाखौं मानिस घरबारविहीन हुने गरेका छन् भने ठुलो मात्रामा धनजनको क्षति हुने गरेको छ ।
प्रतिक्रिया