Main News

बुढीगण्डकीमा अनियमितता भएको छ : लेखा समितिका पूर्व सभापति उपाध्याय (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २६ गते २०:३९
बुढीगण्डकीमा अनियमितता भएको छ : लेखा समितिका पूर्व सभापति उपाध्याय (भिडियोसहित)

२६ असोज, २०७७ काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिका पूर्व सभापति डोरप्रसाद उपाध्यायले बुढीगण्डकी परियोजनामा अनियमितता भएको भन्दै छानबिनको माग गर्नुभएको छ ।

हिमालय टेलिभिजनसँग कुरा गर्दै नेकपाका नेतासमेत रहेका उपाध्यायले आफू लेखा समितिमा हुँदा त्यसबारे अध्ययन गरेको र अनियमितता देखिएको बताउनुभयो । यसबारे उठेका प्रश्नको सत्तारुढ नेकपाको नेतृत्वले जवाफ दिनुपर्ने पनि उहाँको माग छ । विवादित र कालोसूचिमा रहेको चिनियाँ कम्पनी गेजुवालाई प्रक्रिया किन दिइयो भन्ने उपाध्यायको प्रश्न छ ।

प्रक्रिया मिचेर हतारहतार गेजुवा कम्पनीलाई दिँदा त्यसले कम्युनिष्ट पार्टी नेतृत्व र सरकारकै बदनाम भएको उहाँले बुझाई छ । बुढीगण्डकी गेजुवालाई दिँदा राजनीतिक नेतृत्व प्रभावमा परेको उहाँले बताउनुभयो ।

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली तथा पू्र्वप्रधानमन्त्री शेरबहादुर देउवा र पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवको बुढीगण्डकी परियोजनामा ९ अर्व रुपैयाँ बाँडेर खाएको आरोप लगाए पछि अहिले यो निक्कै चर्चाको विषय बनेको छ ।

विभिन्न क्षेत्रबाट यसको छानविन गर्नु पर्ने आवाज उठेको छ । उपाध्यायसँग गरिएको विस्तृत कुराकानी भोलि बिहान ८ बजे प्रशारण हुने कार्यक्रम समय सन्दर्भमा प्रशारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *