Main News

विदेशमा समस्यामा परेका १ लाख २ हजार ४३६ नेपालीको उद्धार

हिमालय टिभी
२०७७ असोज २६ गते ७:३१
विदेशमा समस्यामा परेका १ लाख २ हजार ४३६ नेपालीको उद्धार

२६ असोज, २०७७ काठमाडौं । विदेशमा कोरोनाका कारण समस्यामा परि स्वदेश फर्कनै पर्ने एक लाख २ हजार ४ सय ३६ जना नेपालीलाई उद्धार गरेको छ ।

सरकारले जारी गरेको हिजोसम्मको तथ्याङ्क अनुसार उद्धार गरिएका ५९ देशमध्ये सबैभन्दा बढी युएइबाट २९ हजार ४३२ जना फर्किएका छन् । दोस्रो बढी फर्किने मुलुक कतारबाट १५ हजार ८१७ जना स्वदेश फर्किएका छन् ।

तेस्रोमा साउदीबाट १५ हजार ६४७ र मलेसियाबाट १४ हजार ७१८ जना स्वदेश आएका छन् । यस्तै, कुवेतबाट ९ हजार ५११ जना स्वदेश फर्किएका छन् ।

स्वदेश उद्वार गरिएका सबैभन्दा बागमती प्रदेशका रहेका छन् । बागमती प्रदेशमा १८ हजार ७२३ जनाको उद्वार गरिएको छ । दोस्रोमा प्रदेश नम्बर १ बाट १५ हजार ५३२ जना र प्रदेश नम्बर २ का १३ हजार १४६ जनाको उद्वार गरिएको छ ।

विदेशबाट स्वदेश फर्केकाहरु विभिन्न क्वारन्टिनमा बस्ने क्रम जारी छ । होटल क्वारन्टिनमा १२ हजार १०३ जना बसेका छन् ।

होम क्वारन्टिनमा ७ हजार ६७८ जना र स्थानीय क्वारन्टिनमा ४ हजार ८६५ जना रहेको सीसीएमसीले जनाएको छ । अस्पतालमा ६७ जना र अन्य ठाउँमा ७८० जना रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *