Main News

कोरोना कहरमा कतै जाँदै हुनुहुन्छ ? यस्ता छन् तपाईँले अपनाउनुपर्ने सावधानी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २५ गते १६:१२
कोरोना कहरमा कतै जाँदै हुनुहुन्छ ? यस्ता छन् तपाईँले अपनाउनुपर्ने सावधानी (भिडियोसहित)

२५ असोज, २०७७ काठमाडौं । अहिले समुदायस्तरमा नै कोरोना संक्रमण फैलिएको छ । कोरोनाबाट आफू र आफ्नो परिवारलाई जोगाउन अझै धेरै सावधानी अपनाउनु पर्ने बेला आएको छ । तर चाडपर्व नजिकिएसँगै विना सावधानी आवातजावत बाक्लिँदा कोरोना कहरले पार्ने प्रभाव पनि बढ्ने छ त्यसैले विज्ञहरुले सकभर यात्रा नै नगर्न र गर्दै परे पनि सावधानी अपनाउन सुझाव दिँदै आएका छन् ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीको यो आग्रह व्यक्तिगत मात्र हैन, यो नेपाल सरकारकै आग्रह हो । दशैं नजिकिँदैछ, मानिसहरु घर जान खुट्टा उचालेर बसेका छन् । तर शहरी क्षेत्रमा कोरोना दिन दुई गुणा रात चौगुणाका दरले बढिरहेको छ । दशैंमा शहरी क्षेत्रबाट मानिस गाउँजाँदा सँगै कोरोना भाइरस पनि गाउँगाउँ पुग्ने खतरा छ ।

त्यसैले संक्रमणको जोखिम न्यून बनाउन चहलपहल कम गर्न सरकारले बारम्बार अनुरोध गर्दै आएको छ । सरकारले मात्र हैन जनस्वास्थ्यविद्ले पनि अहिले जो जहाँ छ, त्यही बस्न र सचेतना अपनाउँदै चाडबाड मनाउन सुझाव दिँदै आएका छन् ।

चिकित्सक, सरकारको यो आग्रह घर जान झोला ठिक्क पारेर बसेकालाई तितो लाग्न सक्छ । तर सबैभन्दा राम्रो यो बेला एकै ठाउँमा बस्नु नै हो । कसैलाई यात्रा गर्नैपर्ने हुन सक्छ । त्यसरी यात्रा गर्नेले पनि निक्कै सावधानी अपनाउनु जरुरी छ ।

चाहे गाडी होस वा जहाजबाट नै किन नहोस् यात्रा गर्दा संक्रमणको संभावना धेरै छ । स्वास्थ्य अनुसन्धान परिषदले गरेको पछिल्लो अनुसन्धानले पनि यात्राकै क्रममा कोरोना संक्रमण भएको देखाएको छ ।

त्यसैले सरकारले यातायात व्यवसायी, चालक र यात्रुले अपनाउनुपर्ने सावधानीका बारेमा मापदण्ड नै बनाएको छ । ती मापदण्ड पालनामा सबैले ध्यानदिन जरुरी छ ।

विशेषगरी जेष्ठ नागरिक, दीर्घरोगी, बालबालिका र रोगप्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति कोरोनाको सबैभन्दा धेरै जोखिमम छन् । त्यसैले यात्रा गर्दा र भेटघाट गर्दा जोखिममा रहेका समूहमा आफूले कोरोना सार्छु कि भनेर सावधानी अपनाउन जरुरी छ । कोरोना कहरका बिच चाडपर्व मनाउँदा सचेत बनौँ र सावधानी अपनाऔं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *