Main News

पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

हिमालय टिभी
२०७७ असोज २४ गते १९:१२
पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण

२४ असोज, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई कोरोना संक्रमण भएको छ ।

सामाजिक संजाल फेसबुकमार्फत मन्त्री भट्टराईले आफूलाई संक्रमण देखिएको जानकारी दिनुभएको छ ।

हल्का ज्वरो आउनेबाहेक अरु समस्या नभएको भन्दै उहाँले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गरी आफ्नो स्वास्थ्यबारे ढुक्क हुन पनि आग्रह गर्नुभएको छ ।

कोरोना संक्रमण हुने भट्टराई पहिलो संघीय मन्त्री हुनुहुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *