Main News
कोरोना संक्रमित नेकपा संसदीय दलकी सचेतक चौधरीलाई आईसीयूमा सारियो
२०७७ असोज २४ गते १३:२५

२४ असोज, २०७७ काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।
चौथो दिनमा पनि उहाँको स्वास्थ्यमा कुनै सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयूमा सिफ्ट गरिएको उहाँको सचिवालयले जनाएको छ ।
चौधरीको उपचार वीर अस्पतालमा हुँदै आएको छ । उहाँले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गर्नु भएको थियो ।
चौधरीमा यही असोज १९ गते लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया