Main News

नजिकिए नेपालीका महत्वपूर्ण चाडपर्व, कस्तो छ सुरक्षा तयारी ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २३ गते १४:३६
नजिकिए नेपालीका महत्वपूर्ण चाडपर्व, कस्तो छ सुरक्षा तयारी ? (भिडियोसहित)

२३ असोज, २०७७ काठमाडौं । कोरोना कहरबीच चाडबाड शुरु भएका छन् । नजिँकिँदै गरेको दशैंलाई लक्षित गरेर शहरमा बसेका मानिस थातथलो फर्किने क्रम शुरु भएको छ भने बजारमा पनि किनेमल गर्ने भिडभाड देखिन थालेको छ । चाडपर्वमा हुने सम्भावित आपराधिक घट्ना, कालोबजारी र अन्य सुरक्षा चुनौतीलाई लिएर सरकारले कस्तो रणनीति बनाएको छ त ?

चाड पर्व नजिकियो । तर यसपटक चाडपर्व मनाउने सहज अवस्था छैन । किनकी हामी कोरोनाको त्रासमा छौं । त्यसैले सरकारले बढ्दो कोरोनाको त्रास मध्यनजर गर्दै चाडपर्वलाई सुरक्षित बनाउने रणनीति बनाएको छ ।

पर्वलाई सुरक्षित बनाउन सुरक्षा निकायको एकल प्रयास मात्र पर्याप्त हुन्न । त्यसैले कोरोना त्रासका बीच नजिकिएका चाडपर्व सुरक्षित बनाउन उसले नागरिकको सहयोगको पनि अपेक्षा गरेको छ ।

नेपाल भारत खुला सीमाका कारण चाडपर्वका बेला सीमा नजिकका जिल्लामा आपराधिक घट्नाको त्रास धेरै हुन्छ । यसपटक त कोरोनाको त्रास पनि छ । त्यसैले चाडपर्वको समयमा सीमा सुरक्षा र खुला सीमाका कारण बढ्ने कोरोना जोखिमलाई ध्यान दिएर सरकारले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्य बढाउने गरी कार्ययोजना बनाएको छ ।

चाडपर्वलाई विचौलिया कालोबजारियाले कमाउने माध्यम बनाउने गरेका छन् । त्यसैले सरकारले विचौलियामुक्त चाडपर्व बनाउन कालोबजारी नियन्त्रण र कृत्रिम अभाव हुन नदिन अरु मन्त्रालयसँग पनि समन्वय गरिरहेको छ ।

चाड पर्व सुरक्षित र भयहरित बनाउने महत्वपूर्ण अभिभारा सुरक्षा निकायसँग हुन्छ । त्यसो त सामान्य अवस्थामै सुरक्षा निकायमाथि शान्ति सुरक्षा व्यवस्थापनको चुनौति हुन्छ । चाडपर्वमा त त्यो झनै बढ्छ । आम नागरिकसँग प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरीमा पनि कोरोना संक्रमण बढिरहेको छ । यस्तोमा चाडपर्व लक्षित नेपाल प्रहरीको योजना के छ त ?

चाडपर्वलाई सुरक्षित बनाउन सुरक्षा निकायको एकल प्रयास मात्र पर्याप्त हुन्न । त्यसैले कोरोना त्रासका बीच नजिकिएका चाडपर्व सुरक्षित बनाउन उसले नागरिकको सहयोगको पनि अपेक्षा गरेको छ ।

वर्षेनी चाडपर्वका बेला हुने आपराधिक क्रियाकलाप रोक्न र सुरक्षित वातावरण बनाउन भन्दै सरकारले धेरै योजना ल्याउँछ । तर नागरिकका दुःख जस्ताको तस्तै रहन्छन ।

यो वर्ष त कोरोनाको त्रास पनि छ । यस्तोमा स्वास्थ्यका हिसाबले पनि जोखिम धेरै छ । त्यसैले जोखिमका बिच नागरिकलाई सहज र सुरक्षित रुपमा चाडपर्व मनाउने व्यवस्था मिलाउने राज्यका सबै संयन्त्र अझै गम्भीर र चनाखो भएर लाग्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *