सरकार र अनशनरत डा. केसी पक्षबीचको वार्ता सहमति नजिक

२३ असोज, २०७७ काठमाडौं । सरकार र २६ दिनदेखि अनशनसत डा गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ ।
शिक्षा सचिव गोपी मैनाली र डा जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच हिजो दिनभर छलफल भएको थियो । वार्ताका क्रममा डा केसीले अघि सारेका ६ बुँदे मागमा सहमति खोज्ने प्रयास भएको छ ।
कुनकुन मागमा सहमति जुट्यो, कुनमा जुट्न बाँकी छ भन्ने दुबै वार्ता टोलीका सदस्यहरुले बताएका छैनन् । सरकारी वार्ता टोलीका एक सदस्यले निकै सकारात्मक छलफल भएको बताएका छन् ।
छलफलमा आएका कुराहरुलाई दुबै टोलीले आफू सम्बद्ध पक्षमा परामर्श गरेपछि आज सहमति गर्ने तयारी छ । डा क्षेत्री नेतृत्वको वार्ता टोलीले डा केसीलाई भेटेर सरकारी पक्षसँग भएको छलफलबारे ब्रिफिङ गरिसकेको छ ।
सरकारी टोलीले पनि आज प्रधानमन्त्री के पी शर्मा ओलीसँग परामर्श गरेपछि थप वार्ता गरेर आजै केसीको अनसन तोडाउने तयारी छ ।
आज बिहान फेरी वार्ता हुँदैछ । केसीले ६ बुँदे माग राखेर भदौ २९ मा जुम्लाको चन्दननाथमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गर्नु भएको थिए ।
८ औं दिनमा काठमाडौं आएका उहाँले त्रिवि शिक्षण अस्पतालमा आफ्नो सत्याग्रहलाई निरन्तरता दिनुभएको छ ।
प्रतिक्रिया