Main News

यसरी गर्न सकिन्छ आँखाको सुरक्षा (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २२ गते २०:००
यसरी गर्न सकिन्छ आँखाको सुरक्षा (भिडियोसहित)

२२ असोज, २०७७ काठमाडौं । आज विश्व दृष्टि दिवस । विश्वभरी नै आँखाको सुरक्षाको विषयमा जनचेतना फैलाउँदै आँखा दिवस मनाइएको छ । विश्वका करोडौं मानिसमा आँखासँग सम्बन्धी विभिन्न समस्या छ । हामीले समयमै आँखाको सुरक्षामा ध्यान दिने हो भने आँखालाई सुरक्षित राख्न सकिन्छ ?

जेष्ठ नागरिकमा मात्रै होइन, अहिले युवाहरुमा पनि आँखाको समस्या देखिन थालेको छ । यसको मुख्य कारण आँखाको सुरक्षामा ध्यान नदिनु हो । सानो हेलचेक्रयाई गर्दासमेत आँखामा ठूलो समस्या हुने भएकाले आँखाको सुरक्षामा हामी सबैले विशेष ध्यान दिनुपर्छ । आँखामा कुनै समस्या देखिए समयमै उपचार गरे निको हुन सक्छ ।

मोतिबिन्दु, जलविन्दु, दृष्टिदोष मधुमेह तथा उच्च रक्तचापले गर्दा दृष्टि गुम्न सक्ने नेत्र विशेषज्ञहरु बताउँछन् । नेपालमा सन् २०१२ को सर्वेक्षण अनुसार देशको ० दशमलव ३५ प्रतिशतमा दृष्टिदोषको समस्या देखाएको थियो ।

सन् १९८१ मा शुन्य दशमलव ८४ मा अन्धोपन तथा दृष्टिदोष रहेको सरकारको तथ्यांक थियो । यो तथ्यांकले दृष्टि सम्बन्धि समस्या कम हुँदै गएको देखाए पनि जनसंख्या वृद्धि र जेष्ठ नागरिकको संख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको संख्यामा भने कमी नआएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

हाल नेपालमा चार जना मध्ये १ जनामा दृष्टिसँग सम्बन्धित समस्या देखिने गरेको छ । त्यसैले हरेक व्यक्तिले समयसमयमा आँखाको परीक्षण गर्न पनि विशेषज्ञको सुझाव छ ।

आँखाको ज्योतिलाई सुरक्षित राख्न विशेषगरी खानेकुरामा ध्यान दिनुपर्छ । खानामा माछा लगायत हरियो साग सब्जीलाई पनि जोड दिनुपर्छ ।

त्यस्तै आँखा सफा गर्ने, नियमित चेक गर्ने,प्रशस्तै पानी पिउने र केहि समस्या देखिए तुरुन्तै चिकित्सककोमा जाने बानीले पनि आँखालाई सुरक्षित राख्न मदत गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *