Main News

प्रहरीको पोशाक दुरुपयोग बढेपछि अनुमति लिनुपर्ने व्यवस्था

हिमालय टिभी
२०७७ असोज २२ गते १८:११
प्रहरीको पोशाक दुरुपयोग बढेपछि अनुमति लिनुपर्ने व्यवस्था

२२ असोज, २०७७ काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरीको पोशाकको दुरुपयोग बढेको भन्दै कुनै कामका लागि प्रयोग गर्नुपर्ने भए अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

विभिन्न चलचित्र, सांगीतिक भिडियो, टिकटक, टेलिभिजन र स्टेज कार्यक्रममा प्रहरी पोशाक दुरुपयोग गरिएको भन्दै प्रहरीले कडाई गरेको हो ।

कुनै पनि कार्यमा प्रहरीको पोसाक प्रयोग गर्नुपर्ने भए स्वीकृति लिएर मात्र गर्न प्रहरीले आग्रह गरेको छ । सूचना निकालेर प्रहरी प्रधान कार्यालयले जानकारी नदिइ प्रयोग गरेको पाइएमा कानून बमोजिमकारबाही गर्ने चेतावनी दिएको छ ।

स्वीकृति नलिई नेपाल प्रहरीले प्रयोग गर्ने पोसाक र पोसाकमा प्रयोग हुने दज्यार्नी चिन्ह, प्रहरीको मोनोग्राम प्रयोग नगर्नसमेत आह्वान गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *