Main News

कोरोना संक्रमित सिद्धार्थनगर–५ का वडा सदस्यको मृत्युु

हिमालय टिभी
२०७७ असोज २२ गते ७:४३
कोरोना संक्रमित सिद्धार्थनगर–५ का वडा सदस्यको मृत्युु

२२ असोज २०७७ भैरहवा । कोरोना भाइरस संक्रमित रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ईन्जिनियर सुवोध तुलाचनको मृत्युु भएको छ ।

बुधबार राति १०ः५ बजे उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्युु भएको हो ।

कोरोना पुष्टिपछि घरमै आइसोलेसनमा बसेका उनी एक्कासी बेहोस भएपछि असोज १४ गते अस्पताल भर्ना गरिएको थियो ।

उनलाई प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिएको अस्पतालका प्रशासन प्रमुख तेज केसीले जानकारी दिनुभयो । केसीका अनुसार उनमा निमोनिया, रगतमा खराबी, कलेजो पूर्णरुपमा खराब भएको थियो ।

४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *