Main News

कोरोना जोखिम कम गर्न अहिले जो जहाँ छौं त्यही दशैं मनाउन सरकारको आग्रह (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २१ गते १५:०३
कोरोना जोखिम कम गर्न अहिले जो जहाँ छौं त्यही दशैं मनाउन सरकारको आग्रह (भिडियोसहित)

२१ असोज, २०७७ काठमाडौं । ओहोरदोहोर गर्दा कोरोनाको संक्रमण फैलिने भन्दै सरकारले अहिले रहेकै ठाउँमा दशै मनाउन सबैलाई आग्रह गरेको छ ।

गाउँ जाँदा र शहर फर्किँदा संक्रमण फैलिने भन्दै सरकारले यसपालि बसेकै ठाउँमा दशैं मनाउन आग्रह गरेको हो ।

सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले ज्येष्ठ नागरिक कोरोनाको जोखिममा रहेकाले पनि उनीहरुको स्वास्थ्यमा विशेष ध्यान दिएर व्यवहार गर्न सरकारको आग्रह छ ।

यसबाहेक सरकारले शहरी क्षेत्रमा कोरोनाको जोखिम उच्च रहेको भन्दै चाडपर्व लक्षित ओहोरदोहोर पनि धेरै नगर्न भनेको छ । शहरी क्षेत्रबाट गाउँ जाँदा संक्रमण पनि सँगै ओहोरदोहोर गर्ने भन्दै सरकारले वैकल्पिक उपाय अपनाउँदै चाडपर्व मनाउन आग्रह गरेको छ ।

पछिल्लो समय काठमाडौ‌ उपत्यकामा कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेपछि सरकारले काठमाडौंबाट जिल्ला जाने नागरिकलाई सतर्क हुन आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *