Main News

पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीयद्वारा कोषको कार्यालय घेराउ

हिमालय टिभी
२०७७ असोज २१ गते १४:२४
पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीयद्वारा कोषको कार्यालय घेराउ

२१ असोज, २०७७ काठमाडौं । पशुपति क्षेत्र विकास गुरुयोजनाको विरोध गर्दै स्थानीय बासिन्दाले कोषको कार्यालय रहेको क्षेत्रमा आज मानवसाङ्लो बनाएर घेराउ गरेका छन् ।

पशुपतिनाथको प्राचीनता मास्ने गरी कोषले गुरुयोजना तयार गरेको भन्दै स्थानीयबासिन्दाले विरोध जनाउँदै आएका छन् । उनीहरुले पशुपति क्षेत्रको विकासको नाउँमा परापूर्वकालदेखिको वस्ती मास्ने र पशुपति क्षेत्रभित्रको स्थानीय संस्कृति तथा जात्रा विनाश गर्नेगरी गुरुयोजना ल्याइएको आरोप लगाएका छन् ।

पशुपति क्षेत्र संयुक्त संघर्ष समितिका संयोजक आशामान सङ्गतले पशुपति क्षेत्रभित्र रहेका १ सय ४० पर्व र ४० वटाभन्दा बढी जात्रा मास्ने गरी कोषले गुरुयोजना ल्याएकोले विरोध गर्नुपरेको बताउनुभयो ।

बागमती प्रदेशका प्रदेश सांसद नरोत्तम वैद्यले सरकारले स्थानीयका माग सम्बोधन गर्न खोजेको जस्तो नाटक गरिरहेको बताउनुभयो । तर सरकाले स्थानीय बासिन्दाका कुनै पनि माग सम्बोधन गर्न नचाहेको स्पष्ट भइसकेको बताउनुभयो ।

पशुपति क्षेत्र विकास कोषले स्थानीय बासिन्दा र स्थानीय निकायसँग समन्वय नगरी गुरुयोजना तयार पारेको स्थानीय बासिन्दाको आरोप छ ।

पशुपति क्षेत्र विकास कोषले गत साउन महिनामा सिफलसम्म वस्ती खाली गराउने प्रस्तावसहितको गुरुयोजना मन्त्रालयमा पठाएको थियो । कोषले तयार पारेको १ सय वर्षे गुरुयोजनाले भुवनेश्वरी मन्दिरदेखि सिफलसम्मको वस्ती हटाउने परिकल्पना गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *