Main News

२४ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

हिमालय टिभी
२०७७ असोज २१ गते १४:००
२४ दिनदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै

२१ असोज, २०७७ काठमाडौं । २४ दिनदेखि अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था झनै बिग्रँदै गएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधार लगायतका मागसहित २४ दिनदेखि अनशनमा रहेका डाक्टर केसीको शरीरमा अक्सिजन र रक्तचाप घट्दै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

केसीको रक्तचाप घट्ने, थकाई लाग्ने, रिंगटा लाग्ने, मुटुको धड्कनमा गडबढी तथा मांशपेशीको दुखाइको समस्या रहेको चिकित्यसकहरुले बताएका छन् ।

त्रिवि शिक्षण अस्पतालमा रहेका डाक्टर केसीलाई अहिले कृत्रिम अक्सिजन दिएर राखिएको छ । केसीको अवस्था जटिल बन्दै गएपछि चिकित्सकले आइसीयुमा लैजानुपर्ने भनेका छन् । तर डाक्टर केसीले आफ्ना माग पूरा नभएसम्म थप उपचार पनि नगर्ने र अनशन पनि नतोड्ने अडान लिनुभएको छ ।

सरकारले भने केसीका धेरैजसो माग यसअघि नै पुरा गरेर कार्यान्वयनमा रहेको भन्दै अनशन तोड्न आग्रह गरेको छ । केसीको जीवन रक्षाको माग गर्दै राजनीतिक दल, चिकित्सक, आम नागरिकले धर्ना र प्रदर्शनलाई तिव्रता दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *