Main News

कोरोनाका कारण स्थगित सबै परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २१ गते १२:५८
कोरोनाका कारण स्थगित सबै परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय (भिडियोसहित)

२१ असोज, २०७७ काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको बढ्दो त्रासका कारण स्थगित विभिन्न परीक्षा परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले तीनै तहका सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्ड पालना गरेर रोकिएका सबै किसिमका परीक्षा सञ्चालन गर्न स्वीकृति दिइएको जानकारी दिनुभयो ।

सरकारले व्यवसायिक तालिम प्रदायक संस्थालाई २५ जनाभन्दा बढी सहभागी नहुने गरी छोटो अवधिको तालिम सञ्चालन गर्न पनि अनुमति दिएको छ ।

यसबाहेक सरकारले शिक्षक सेवा आयोगमा रिक्त अध्यक्ष र केही सदस्यको पदपूर्तिका लागि लोकसेवा आयोगका अध्यक्षको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

मन्त्रिपरिषद बैठकले विभिन्न देशका महावाणिज्यदूत हटाउने र पदावधि थपघट गर्ने निर्णय पनि गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *