Main News
कोरोना बढ्दै गएपछि एकैपटक धेरैको परीक्षण गर्न एन्टीजेन विधि अपाउने तयारी
२०७७ असोज २० गते १९:०२

२० असोज, २०७७ काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले एकैपटक धेरै जनाको कोरोना परीक्षण गर्न एन्टीजेन विधि अपनाउने भएको छ ।
नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमण पत्ता लगाउन एन्टीजेन टेस्ट सुरु गर्न लागिएको जानकारी दिनुभयो ।
एन्टीजेन टेस्ट किटबाट मास स्क्रिनिङ गर्ने विधिबाट आरटी पीसीआरबाट भन्दा छिटो नतिजा आउँछ । तुरुन्तै रिपोर्ट चाहिएको अवस्थामा यस विधिबाट कोरोना परीक्षण गरिनेछ ।
एन्टीजेन परीक्षणमा रिपोर्ट नेगेटिभ आए लक्षणका आधारमा पुन पीसीआर परीक्षण गरि आइसोलेसनमा राखिने छ । देशमा संक्रमणको अवस्था पत्ता लगाउन एन्टीजेन टेस्ट सहयोगी हुने भन्दै सरकारले यो विधिबाट कोरोना परीक्षण गर्न लागेको हो ।
प्रतिक्रिया