Main News
डा. केसीलाई अनशन त्याग्न शिक्षा सचिव मैनालीको आग्रह
२०७७ असोज २० गते १५:२१

२० असोज, २०७७ काठमाडौं । सत्याग्रहको २३ औं दिन सरकारको तर्फबाट शिक्षा सचिव गोपिनाथ मैनालीसहित ३ जनाको टोलीले डाक्टर गोविन्द केसीलाई भेटेको छ ।
शिक्षा सचिव मैनाली सहितको टोलीले आज डाक्टर केसीलाई शिक्षण अस्पताल पुगेर भेटेको हो । टोलीले भेटमा अनसन तोड्न आग्रह गरेका थिए ।
साथै सरकारका तर्फबाट औपचारिक वार्ता टोली नबनेको समेत शिक्षा सचिव मैनालीले डाक्टर केसीलाई जानकारी दिएको केसीका सहयोगी प्रीतम सुवेदीले जानकारी दिनुभयो ।
आफ्ना मागहरूमा छलफल गर्ने हो भने सरकारले आधिकारिक रूपमा वार्ता टोली बनाएर पठाउनुपर्ने अडान डाक्टर केसीले राख्नुभएको छ ।
डाक्टर केसीको स्वास्थ्य अवस्था विग्रदै गए पनि डाक्टर केसीको मागप्रति गम्भिर नभएको भन्दै सरकारको आलोचना हुँदै आएको छ ।
प्रतिक्रिया