Main News

प्रदेश ५ को नाम र राजधानीसम्बन्धी प्रस्तावविरुद्ध तीन वटा संशोधन प्रस्ताव दर्ता

हिमालय टिभी
२०७७ असोज २० गते १३:०५
प्रदेश ५ को नाम र राजधानीसम्बन्धी प्रस्तावविरुद्ध तीन वटा संशोधन प्रस्ताव दर्ता

२० असोज, २०७७ बुटवल । प्रदेश पाँचको स्थायी राजधानी दाङको देउखुरी क्षेत्र र नाम लुम्बिनी प्रदेश राख्ने प्रदेश सरकारको प्रस्तावमा तीन जना सांसदले संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

नेपाली काँग्रेस सांसद रमा अर्याल र पुष्पा थरुनी तथा जनता समाजवादी पार्टी जसपाका संसदीय दलका नेता सहषराम यादवले प्रदेश सभा सचिवालयमा संशोधन प्रस्ताव दर्ता गर्नुभयो ।

यादवले सरकारले प्रस्ताव गरेको लुम्बिनी प्रदेश नाम सच्याई थरुहट, मगरात र अवध नाम राखियोस् भन्ने संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीले जानकारी दिनुभयो । यादवले राजधानीका विषयमा भने संशोधन प्रस्ताव दर्ता गराउनु भएको छैन ।

यस्तै, नेपाली कांग्रेसका सांसद अर्याल र थरुनीले वैकल्पिक राजधानी तोकियोस् भनेर दाङ राजधानी बनाउन नहुने प्रस्ताव पेस गर्नु भएको छ । उहाँहरुले पाल्पा, नवलपरासी, रुपन्देही र कपिलवस्तु क्षेत्रलाई जोडेर राजधानी बनाउनु पर्ने प्रस्ताव गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *