Main News

दशैंको पूर्वसन्ध्यामा उपत्यका छिर्ने र बाहिरिनेको संख्या बढेसँगै कोरोना संक्रमणको जोखिम उच्च

हिमालय टिभी
२०७७ असोज २० गते ७:३५
दशैंको पूर्वसन्ध्यामा उपत्यका छिर्ने र बाहिरिनेको संख्या बढेसँगै कोरोना संक्रमणको जोखिम उच्च

२० असोज, २०७७ काठमाडौं । दशैँको पूर्वसन्ध्यामा उपत्यका छिर्ने र बाहिरिनेको सङ्ख्या बढेसँगै कोरोना संक्रमण थप तिब्र हुने जोखिम बढेको छ ।

उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८ सयदेखि पाँच हजारसम्म सवारी साधनहरु भित्रने गरेका छन् ।

त्यति नै सङ्ख्यामा दैनिक रुपमा सवारी साधनहरु बाहिरिने क्रम जारी छ । विगतका वर्षहरुमा दशैं आउनुभन्दा १५ दिन अघिदेखि नै ५० देखि ६० हजारसम्म दैनिक रुपमा उपत्यका छाड्ने गरेका थिए ।

तर यो वर्ष दैनिक १६ हजारदेखि १८ हजारसम्मले उपत्यका छाडिरहेका महानगरीय ट्राफिक महाशाखाकाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालका अनुसार केही दिनदेखि काठमाडौँ उपत्यकामा भित्रनेभन्दा बाहिरिनेको सङ्ख्या बढेको छ । यातायात व्यवसायीहरुले यो वर्ष अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् भने यात्रु नभएको भन्दै धेरै सार्वजनिक यातायात आलोपालो चलाएका छन् ।

कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै सरकारले यो वर्ष आवतजावन नगर्न आग्रह गर्दै आफू रहेकै ठाउँमा दशै मनाउन अपिल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *