डा. केसीको जीवन रक्षा माग गर्दै शिक्षण अस्पतालका आवासीय चिकित्सक सडकमा

१९ असोज, २०७७, काठमाडौं । डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउँदै र जीवन रक्षाको माग गर्दै शिक्षण अस्पतालका आवासीय चिकित्सक पनि सडक संघर्षमा उत्रिएका छन् ।
त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु कोरोनासम्बन्धी उपचार र आकस्मिक सेवाबाहेक अरु सबै गतिविधि छाडेर सडक संघर्षमा उत्रिएका हुन् ।
डाक्टरहरुले शिक्षण अस्पतालदेखि महाराजगञ्ज चोकसम्म र्याली गरे । र्यालीमा सहभागी चिकित्सकहरुले हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी डाक्टर केसीको साथमा, डाक्टर केसीको जीवन रक्षा गर, डाक्टर केसीको माग पूरा लगायतका प्लेकार्ड बोकेका थिए ।
डाक्टर केसीले १९औं अनसन सुरु गरेको २२ दिन पुगेको छ। तर सरकारले डाक्टर केसीको मागप्रति वास्ता गरेको छैन । पछिल्ला दिनमा डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गरेको चिकित्सकहरुले बताएका छन्।
प्रतिक्रिया