Main News
कर्मचारीमा कोरोना देखिएपछि यातायात कार्यालय भक्तपुर बन्द
२०७७ असोज १९ गते १५:०५

१९ असोज, २०७७ भक्तपुर । कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालय बन्द गरिएको छ ।
जगातीस्थित चालक अनुमतिपत्र कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना नआउँदासम्म कार्यालयका सबै सेवा बन्द गरिएको कार्यालयका प्रमुख शशीशंकर महर्जनले जानकारी दिनुभयो ।
३८ जना कर्मचारी कार्यरत रहे पनि संक्रमित कर्मचारीको सम्पर्कमा आएका ८ जना कर्मचारीको मात्रै स्वाब परीक्षण गर्न लागिएको छ ।
लकडाउनयता यो कार्यालयबाट चालक अनुमति पत्र वितरण र चालक अनुमतिपत्र नवीकरण गर्ने कार्य मात्र हुँदै आएको थियो ।
प्रतिक्रिया