Main News

विज्ञ भन्छन्- कोरोनाविरुद्ध जनचेतना बढाउन सेलेब्रेटीको भूमिका महत्वपूर्ण (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १९ गते ६:१६
विज्ञ भन्छन्- कोरोनाविरुद्ध जनचेतना बढाउन सेलेब्रेटीको भूमिका महत्वपूर्ण (भिडियोसहित)

१९ असोज, २०७७, काठमाडौं । कोरोनालाई भुल्दै हामी सामान्य जीवनयापन गर्न थालिसकेका छौँ । कोरोनाका कारण भएका मृत्यु, अस्पतालमा भएका बिरामीहरु पनि हामीलाई सामान्य लाग्न थालिसकेको छ । तर हामीले सामान्य मान्दै गर्दा कोरोना कहर भने बढ्दै गएको छ । यो कहरका बिच अब के गर्ने त ?

कोरोना संक्रमण अब विदेशबाट आउनेलाई मात्र हैन, नेपालमै बसेका उच्च पदस्थ व्यक्तिमा पनि देखिन थालेको छ । यसबाट राजनीतिक स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, आम नागरिक कोही अछुतो छैन । सबै बर्ग र सबै समुदायका मानिसमा कोरोना संक्रमण बढ्दै गएको छ ।

कोरोना संक्रमितको संख्या पनि बढ्दै गएको छ । त्यसैले विज्ञहरुले अब समुदायस्तरमै कोरोना संक्रमण फैलिएको घोषणा गरी रोकथामको रणनिती बनाउनुपर्ने सुझाव दिएका छन् ।

कोरोनाबाट जोगिनबाट भन्दै शुरुमा लक डाउन र त्यसपछि ठाउँ ठाउँमा निषेधाज्ञा लगाएको सरकारले अहिले भने जनस्वस्थ्य मापदण्ड पालन गर्ने सर्तसहित अधिकांश क्षेत्र खुल्ला गरेको छ । लकडाउन र निषेधाज्ञले नागरिकलाई परेको समास्या समाधानमा सरकार उदासिन बसेकाले सबैतिरबाट लकडाउन र निषेधाज्ञाको विरोध भएको थियो ।

सरकारले जनस्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरे पनि सरकारी निकायले नै त्यो मापदण्ड पालना गरेका छैनन् । त्यसैले सरकारले पालनामा कडाइ गर्न पनि सकेको छैन । जनस्वास्थ्य मापदण्ड पालना नगर्दा झनै समस्या भएको छ ।

त्यसले गर्दा कोरोना केहि होईन भन्ने भ्रम पनि फैलिएको छ । समाजका प्रतिष्ठित व्यक्ति, नेता कलाकार सबैको कोरोनाको विषयमा जनचेतना फैलाउन अभियानकै रुपमा काम गर्नुपर्ने देखिन्छ ।

मास्क लगाउने, दुरी कामय गर्ने, भिडभाडमा नजानेलगायतका सामान्य नियम पालना गर्दा नै कोरोना संक्रमणबाट जोगिन सकिन्छ ।

कोरोना संक्रमणबाट देशभरमा गरेर ५ सय ३५ जनाले ज्यान गुमाइसकेका छन् । जेष्ठ नागरिक, बालबालिका, दिर्घ रोगी, सुत्केरी तथा गर्भवती कोरोनाको बढि जोखिममा छन् । त्यसैले आफ्नो परिवार, समुदायका व्यक्ति र आफैले आफैलाई माया गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर कोरोनाबाट जोगिनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *