Main News

प्रहरी संगठन नै बदनाम हुने व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन

हिमालय टिभी
२०७७ असोज १८ गते १८:१०
प्रहरी संगठन नै बदनाम हुने व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन

१८ असोज, २०७७ काठमाडौं । महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले सिंगो प्रहरी संगठन बदनाम हुने व्यवहार नगर्न ट्राफिक प्रहरीलाई निर्देशन दिनुभएको छ ।

महानगरी ट्राफिक प्रहरी महाशाखामा संयुक्त मेसको उद्घाटन गर्दै प्रहरी नायव महानिरीक्षक पोखरेलले ट्राफिक प्रहरीको व्यवहार र आचरण कमजोर भए संगठन सुध्रिन नसक्ने बताउनुभयो । ट्राफिक प्रहरी अरुभन्दा अब्बल भएको पनि उहाँले बताउनुभयो

कोभिडको समयमा ट्राफिक प्रहरीले भोग्नुपरेको अफ्ठ्यारो, असहजता र कठिनाइ कसैसँग पनि तुलना गर्न नसकिने उहाँले प्रष्ट पार्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले आफ्नो समस्या लुकाएर भए पनि जनताको सेवामा २४ घण्टा नै खटिएको बताउनुभयो ।

डीआइजी पोखरेलले प्रहरी अधिकृत तथा जवानको संयुक्त मेस भवनका साथै हराएका तथा फेला परेका वा चोरी भएका सवारी साधनको अभिलेख व्यवस्थापन गर्ने सफ्टवेयरको उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *