दशैंका लागि अनावश्यक यात्रा नगरी यथास्थानमा मनाउन सरकारको आग्रह

१८ असोज, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जो जहाँ छ त्यही स्थानमा रहेर दशैं मनाउन आग्रह गरेको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमण बढिरहेकाले दशैंका लागि आवतजावत नगर्न अपील गर्नुभएको हो ।
मन्त्रालयले कोभिडको संक्रमण तीब्र गतिमा बढिरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको हो । प्रवक्ता डा. गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही दशैं मनाउन अपिल गर्नुभयो । उहाँले स्वास्थ्य मापदण्डमा कडाई गर्दै जरिवाना गर्नेगरी प्रस्ताव गरिएको जानकारीसमेत दिनुभयो ।
दशैं नजिकिएसँगै शहरबाट गाउँ जानेको संख्या पनि बढेको छ । योसँगै गाउँगाउँमा कोरोना संक्रमित बढ्ने भन्दै चिकित्सकहरुले सावधानी अपनाउन आग्रह गरेका छन् ।
प्रतिक्रिया