Main News

डा. केसीको मागप्रति कांग्रेसको ऐक्यवद्धता, तत्काल सम्वाद शुरु गर्न माग

हिमालय टिभी
२०७७ असोज १८ गते १४:१२
डा. केसीको मागप्रति कांग्रेसको ऐक्यवद्धता, तत्काल सम्वाद शुरु गर्न माग

१८ असोज, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले डाक्टर गोविन्द केसीको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै तत्काल केसीसँग संवाद गर्न सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले केसीको अनसनमा पार्टीको पूर्ण ऐक्यबद्धता रहेको भन्दै तत्काल सुनुवाई गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो । कांग्रेसले केसीको मागमा बैठक नै बसेर पनि लिखित ऐक्यबद्धता जनाउने तयारी गरेको छ ।

केसीका माग विगतदेखि नै जायज भन्दै प्रवक्ता शर्माले कांग्रेस नेतृत्वको सरकारले ती माग पूरा गर्न सम्झौता पनि गरेको दाबी गर्नुभयो । सरकारले लोकतान्त्रिक चरित्र देखाउन पनि केसीका माग पूरा गर्नु पर्ने शर्माले बताउनुभयो ।

कांग्रेसले केसीको मागमा समर्थन जनाएर आफू नेतृत्वको पहिलेको सरकारले माग पुरा गरेको दावी गरेपनि नेपालको स्वास्थ्य शिक्षा लथालिङ्ग हुनु र यसको व्यापारीकरण गर्नमा कांग्रेसकै हात रहेको आरोप पनि लाग्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *