Main News

आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

हिमालय टिभी
२०७७ असोज १८ गते ९:३१
आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना

१८ असोज, २०७७, काठमाडौं । आज देशका केही स्थानमा हल्का वर्षा हुने भएको छ ।

जल तथा मौसम वित्रान विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ ।

प्रदेश १ का थोरै स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती प्रदेशरगण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ का केही स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज राती प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशहरुमा आंशिक बदली रही प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा प्रदेश २, बागमती प्रदेश र प्रदेश न ५ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *