निजी चिकित्सकपछि प्रधानमन्त्री ओलीका तीन सल्लाहकारमा कोरोना संक्रमण पुष्टि

१७ असोज, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकार र एक जना स्वकीय सचिवलाई कोरोना संक्रमण भएको छ ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा,परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना संक्रमण भएको हो । रिमाल र थापाले सामाजिक सञ्जालमार्फत यसको पुष्टि गर्नुभएको छ ।
रिमाल, भट्टराई र थापाले आफूहरुको सम्पर्कमा आएकालाई पनि कोरोनाको पीसीआर टेष्ट गराउन आग्रह गर्नुभएको छ ।
यसअघि प्रधानमन्त्रीको सचिवालयमा कार्यरत राजन काफ्ले र निजी चिकित्सक दीव्या सिंहलाई पनि कोरोना पुष्टि भएको थियो।
हिजोको PCR परीक्षण ma
ममा कोरोना-पोजिटिभ
देखियो । यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु ।— Rajan Bhattarai (@Rajanktm) October 3, 2020
प्रतिक्रिया