Main News

डा. गोविन्द केसीको समर्थनमा विभिन्न पार्टीका भातृ संगठन र नागरिक समूहको प्रदर्शन

हिमालय टिभी
२०७७ असोज १७ गते १५:०७
डा. गोविन्द केसीको समर्थनमा विभिन्न पार्टीका भातृ संगठन र नागरिक समूहको प्रदर्शन

१७ असोज, २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधार र सर्वसुलभ उपचारको माग गर्दै अनशनमा बसेका डाक्टर गोविन्द केसीको समर्थनमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

विभिन्न पार्टीका भातृ संगठन र स्वतन्त्र नागरिकले माइतीघरमा छुट्टा छुट्टै प्रदर्शन गरेका हुन् । सरकारलाई छिटोभन्दा छिटो केसीको माग सम्बोधन गर्न र जीवन रक्षा गर्न माग गरेका छन् ।

विपक्षी दल जनता समाजवादी पार्टी नेपालका जनसंगठन पनि केसीको समर्थनमा सडकमा उत्रेको छ । केसीका माग सम्बोधन गर्न उनीहरुको माग छ ।

चिकित्सा शिक्षा सुधार र सर्वसुलभ उपचारको माग गर्दै डाक्टर केसी १९ औं पटकको अनशनमा हुनुहुन्छ । २० दिनदेखि अनशनमा रहेका केसीको स्वास्थ्य स्थिति बिग्रिँदै गएको छ । तर सरकारले भने कुनै वास्ता गरेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *