Main News

बाजुरामा खोलाले बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

हिमालय टिभी
२०७७ असोज १६ गते १७:५८
बाजुरामा खोलाले बगाउँदा एकै परिवारका पाँच जना बेपत्ता

१६ असोज, २०७७, बाजुरा । बाजुरामा खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन् ।

हिमाली गाउँपालिका वडा नम्वर ५ को कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा नम्वर ५ कवाडीका धर्म नेपालीकी ३० वर्षीया श्रीमती सत्ता नेपालीसहित उनकी ५ वर्षीया छोरी आरती, ४ वर्षीया छोरी सन्तोषी, एक वर्षीया छोरी किस्मती र २ वर्षीया छोरा सम्मान बेपत्ता भएको बाजुरा प्रहरीले जनाएको छ ।

आज दिउँसो खोलामा नुहाउन गएका बेला छोराछोरीसहित आमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले जानकारी दिनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *