Main News

डाक्टर केसीको अनशनप्रति पूर्वराष्ट्रपति यादवको ऐक्यवद्धता

हिमालय टिभी
२०७७ असोज १६ गते १३:०९
डाक्टर केसीको अनशनप्रति पूर्वराष्ट्रपति यादवको ऐक्यवद्धता

१६ असोज, २०७७ काठमाडौं । पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले चिकित्सा शिक्षा सुधारको माग राखेर अनसनरत डाक्टर गोविन्द केसीलाई भेटेर ऐक्यवद्धता जनाउनुभएको छ ।

भेटमा पूर्वराष्टपति यादवले डाक्टर केसीको स्वास्थ्य गम्भीर बनेकोमा चिन्ता व्यक्त गर्दै उहाँका मागबारे सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।

उहाँले देशको अमूल्य सम्पत्ति डाक्टर केसीको जीवन रक्षाको माग गर्नुभयो । उपचारमा खटिएका चिकित्सकले केसीको स्वास्थ्य गम्भीर बन्दै गएको पूर्व राष्ट्रपतिलाई बताएका छन ।

विश्व अहिंसा दिवस पनि रहेको सन्दर्भ उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले सत्याग्राही केसी र महात्मा गान्धीजस्ता पुरुषकै कारण संसारमा अहिंसा र शान्तिको ज्योति बलेको बताउनुभयो ।

नागरिकले सर्वसुलभ उपचार पाउनुपर्ने र त्यसका लागि मेडिकल शिक्षामा सुधार हुनु पर्ने डाक्टर केसीको माग छ । यसअघि केसीसँग सरकारले सहमति पनि गरेको छ । तर ती सहमति कार्यान्वयन भएका छैनन् ।

त्यसैले सम्झौता कार्यान्वयनमा केसीले जोड दिनुभएको छ । तर मागप्रति सरकारले कुनै चासो दिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *