Main News

कोरोनाका कारण रोकिएका सबै कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने निर्णय

हिमालय टिभी
२०७७ असोज १६ गते ७:४०
कोरोनाका कारण रोकिएका सबै कर्मचारी भर्ना प्रक्रिया शुरु गर्ने निर्णय

१६ असोज, २०७७ काठमाडौं । सरकारले कोभिड–१९ का कारण रोकिएका सबै भर्ना प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

बिहीबारको मन्त्रिपरिषद्को बैठकले गत आर्थिक वर्षमा रोकिएका तथा यो आर्थिक वर्षमा सुरु हुन नसकेका कर्मचारी भर्ना प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई सहमति दिएको हो ।

कोरोनाको जोखिम तथा खर्च कटौतीका लागि भन्दै सरकारले गत वैशाखमा सबै भर्ना रोकेको थियो । राज्य सञ्चालनका आधारभूत कुराहरूलाई निरन्तरता दिनुपर्ने भएकाले सबै भर्ना प्रक्रिया अघि बढाइएको सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

रिक्त पदको पदपूर्ति गर्न लोकसेवा आयोगबाट भएको विज्ञापन भएर पदपूर्ति नभएका, विज्ञापन आह्वान गर्न बाँकी रहेका र नियमित विज्ञापन पदपूर्तिसम्बन्धी व्यवस्था अघि बढाउने निर्णय भएको ज्ञवालीले जानकारी दिनुभयो ।

आधा सम्पन्न भइसकेका कतिपय परीक्षा सुरु गर्न सरकारले यसअघि नै सहमति दिइसकेको थियो । जसअनुसार अधिकृत, नायव सुब्बाको परीक्षाको तालिका समेत सार्वजनिक भइसकेको छ । सुरक्षा निकायले पनि भर्ना प्रक्रिया अघि बढाएका छन् ।

गत आर्थिक वर्षमा १४ हजार चार सय ९२ पदमा अघि बढेको भर्ना प्रक्रिया रोकिएका थिए । सुरक्षा निकाय तथा संगठित संस्थाअन्तर्गत मात्र ११ हजार सात सय ९३ पदमा भर्ना रोकिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *