Main News

डा. केसीको अवस्था गम्भीर बन्दै: चिकित्सक आक्रोशित (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १५ गते २०:४१
डा. केसीको अवस्था गम्भीर बन्दै: चिकित्सक आक्रोशित (भिडियोसहित)

१५ असोज, २०७७ काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग गर्दै डाक्टर गोविन्द्र केसीको १९ औं अनशन जारी छ । अनसनको आज १८ औं दिन पुगिसक्दा पनि सरकारले डाक्टर केसीको मागलाई सुनिरहेको छैन । डाक्टर केसीको मागलाई सरकारले नसुनेका कारण चिकित्सकहरु आक्रोशित भएका छन् ।

मेडिकल शिक्षामा सुधार गर्नु पर्ने र नागरिकले सर्वसुलभ रुपमा उपचार सेवा पाउनु पर्ने डाक्टर गोविन्द केसीको माग, कुनै व्यक्तिगत स्वार्थसँग जोडिएको छैन । मेडिकल शिक्षामा धेरै नै बेथिति रहेका कारण डाक्टर केसीले एक दशकदेखि सुधारको माग राख्दै आउनुभएको छ ।

उहाँकै पहलमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन बन्नेदेखि चिकित्सा क्षेत्रमा भएको बेथिथीको अन्त्य भएको छ । डाक्टर केसीले माग उठाएसँगै चिकित्सा शिक्षामा सवैको पहुँच बढेको चिकित्सक नै बताउँछन् । डाक्टर केसीकै कारण भएको सुधारले स्वास्थ्य क्षेत्रमा कार्यरतलाई हौसला बढाएको छ ।

चिकित्सा शिक्षाको सुधारका लागि आफूले राखेका मागमा यसअघि भएका सहमति कार्यान्वयनको माग राखेर केसी अहिले सत्याग्रहमा हुनुहुन्छ । १९ दिनअघि जुम्लामा अनसन शुरु गरेका केसी अहिले शिक्षण अस्पताल महाराजगञ्जमा हुनुहुन्छ र उहाँको स्वास्थ्य विग्रिँदै गएको छ ।

स्वास्थ्य विग्रिँदै गए पनि डाक्टर केसी आफूसँगका सहमति कार्यान्वयन नभएसम्म अनसन नतोड्ने अडानमा हुनुहुन्छ । समाजवादी सिद्धान्तसँग मिल्ने नागरिकको सर्वसुलभ उपचारको मागलाई दुई तिहाईको कम्युनिष्ट सरकारले सुन्नै चाहेको छैन । केसीसँग राज्यले वार्ताको कुनै पहल नगर्दा चिकित्सक भने आक्रोशित छन् ।

डाक्टर केसीले उठाएका माग सरकारले सम्बोधन गर्न नसक्ने खालका छैनन् । समाजवाद उन्मुख दाबी गर्ने सरकारका लागि त झन केसीका मागमा कुनै आपत्ति नहुनुपर्ने हो । तर सरकारले वार्ता समेत नगरी हठ प्रदर्शन गरेको छ । यसले एकजना सत्याग्रहीको जीवन जोखिममा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *