Main News

पूंर्व अर्थमन्त्री खतिवडालाई अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

हिमालय टिभी
२०७७ असोज १५ गते १७:५०
पूंर्व अर्थमन्त्री खतिवडालाई अमेरिका र रेग्मी बेलायतका लागि राजदूत सिफारिस

१५ असोज, २०७७ काठमाडौं । सरकारले पूर्व अर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूतमा सिफारिस गरेको छ।

मन्त्रिपरिषद् बैठकले आज प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसमेत रहेका खतिवडालाई अमेरिका र आजै मुख्य सचिवबाट राजीनामा दिएका लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत सिफारिस गरेको हो ।

राजदूतको नियुक्ति संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ ।

खतिवडालाई राष्ट्रियसभामा पुनः सांसद बनाउँदै अर्थमन्त्रीमा निरन्तरता दिने योजना असफल भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सल्लाहकार नियुक्त गर्नु भएको थियो ।

अहिले अमेरिकाको राजदुत बनाउनुको पछाडी नेकपा भित्रको विवादलाई मुख्य कारण मानिएको छ । यसले अर्थमन्त्रीमा अब शिर्ष नेतालाई ल्याउने संभावना देखिएको छ ।

नेपाल राष्ट्र वैंकको अधिकृतबाट जागिर शुरु गरेका खतिवडा पटक पटक लाभको पदमा पुग्नु भएको छ । उहाँ दुई पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, राष्ट्रिय सभाको सांसद र दुई पटक अर्थमन्त्री हुनुभएको थियो ।

यस्तै बेलायतको राजदुतमा सिफारिस लोकदर्शन रेग्मीले ३ वर्षे कार्यकाल पूरा गरी आगामी कात्तिक ३ गते मुख्यसचिवबाट अवकाश पाउदै हुनुहुन्थ्यो ।

मन्त्रिपरिषदले परराष्ट्र सचिव शंकरदास बैरागीलाई नयाँ मुख्यसचिव बनाएको छ । मुख्यसचिवका लागि वैरागीसहित, केदारबहादुर अधिकारी, मोहनकृष्ण सापकोटालगायत दाबेदार हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *