Main News

विदेशमा अलपत्र नेपालीका लागि आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान थप

हिमालय टिभी
२०७७ असोज १५ गते ७:१८
विदेशमा अलपत्र नेपालीका लागि आजदेखि नियमित अन्तर्राष्ट्रिय उडान थप

१५ असोज, २०७७ काठमाडौं । सरकारले आजदेखि नियमित उडान थप गरेको छ। कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीलाई ल्याउन उडान थप गरिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार आजदेखि नियमित उडान थप भएका छन्। विमान कम्पनीहरुले मागेजति नै उडान स्वीकृत गरिएको क्षेत्रीले बताउनुभयो ।

नियमित उडानको संख्या थप गरेसँगै सरकारले चार्टर्ड उडान बन्द गरेको छ। मेडिकल सामग्री बाहेकका लागि चार्टर्ड उडान अनुमति नदिइने सरकारको निर्देशन रहेको प्राधिकरणका प्रवक्ता क्षेत्रीले बताउनुभयो ।

प्राधिकरणले आजदेखि कात्तिक ८ गते सम्मका लागि नियमित उडानको तालिका सार्वजनिक गरेको हो। २४ दिनमा नेपालका लागि १४ विमान कम्पनीले ९९ वटा नियमित अन्तर्राष्ट्रिय उडान भर्नेछन्।

नेपाल एयरलाइन्सले हप्तामा हङकङबाट दुई वटा, दोहाबाट सात, क्वालालाम्पुरबाट छ, दुबईबाट सात वटा, नारिताबाट दुई वटा र ग्वान्जाउबाट एउटा उडान गर्ने छ। हिमालयन एयरलाइन्सले दोहा र आबुधावीबाट हरेक हप्ता ७–७ वटा उडान भर्ने छ।

फ्लाई दुबई र हिमालयन एयरलाइन्सले यी तीनवटै ठाउँबाट हरेक दिन उडान गर्नेछन्। यसैगरी हिमालयनले क्वालालाम्पुरबाट हप्ताको पाँच दिन पाँचवटा उडान भर्ने भएको छ।

कुवेतबाट जजिरा एयरलाइन्सले हप्तामा सातवटा उडान भर्नेछ। कोरियन एयरले सोलबाट हप्ताको चार दिन चारवटा उडान, एयर अरेबियाले शारजहाँबाट सात वटा उडान भर्ने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *