Main News

कोरोनालाई चुनौतीः सरकारी कार्यालय नै यस्तो भएपछि कसरी होला कोरोना नियन्त्रण ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज १४ गते २०:३२
कोरोनालाई चुनौतीः सरकारी कार्यालय नै यस्तो भएपछि कसरी होला कोरोना नियन्त्रण ? (भिडियोसहित)

१४ असोज, २०७७ काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम बढ्दो छ । तर यो जोखिम न्युनिकरणका लागि कतै पनि स्वास्थ्य सम्बन्धी मापदण्ड पालना भएको पाइँदैन । अझै सेवाग्राहीको बढी भीडभाड हुने सरकारी कार्यालयमा त झनै लापरबाही देखिन्छ ।

यहाँ आफ्नो काम सक्न, ठेलमठेल भैरहेको छ । कोरोना संक्रमणबाट जोगिनका लागि सरकारले भौतिक दूरी कायम गर्नुपर्ने नियम नै बनाएको छ । तर यहाँ देख्दा लाग्छ–मान्छेले कोरोना संक्रमण बिर्सिसके । सबैलाई काम छिट्टै सक्नु छ ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार । जहाँ हिजो आज यसैगरी सेवाग्राहीको भिड हुन्छ। यो भिड देख्दा लाग्छ यो नै कोरोना बम हो । यो भीडमा ठेलमठेल गर्नेलाई पनि कोरोना संक्रमणको डर छ । तर विकल्प छैन ।

कार्यालयको ढोकामा ज्वरो नापिन्छ । यहाँ स्यानिटाइजर पनि छ । तर भित्र छिरेपछि कुनै मापदण्डको पालना हुँदैन् । यहाँ स्वास्थ्यसम्बन्धी मापदण्ड पालना हुने पूर्वाधार छैन । कार्यालयले सचेत पनि गराउँदैन र सेवाग्राही आफैं सजग पनि देखिँदैनन् । भौतिक दूरी कायम गर्नुपर्ने भए पनि आम नागरिकले त्यो पालना नगरेको कार्यालयको आरोप छ ।

मालपोतमा मात्रै होइन, सवारी चालक अनुमति पत्र लिने र सवारीको कर तिर्ने सानो भर्‍याङ्गको यातायात कार्यालयमा पनि यस्तै छ । छ महिनाको लकडाउन र निषेधाज्ञापछि अहिले लाइसेन्स वितरण भैरहेको छ । महिनादेखि कर तिर्न र लाइसेन्स लिन नपाएकाहरु कार्यालयमा एकै पटक आउँदा भीड बढेको छ । यो भीडमा सेवाग्राही ठेलमठेल गरिरहेका छन् । उनीहरु कार्यालयकै कारण जोखिममा परेको बताउँछन् ।

तर कार्यालयले कोरोना संक्रमणबाट जोगिने उपाय अपनाउन नसक्नुको दोष सेवाग्राहीलाई नै दिने गरेको छ ।

यातायात र मालपोत त उदाहरण मात्र हुन् । देशभरका अधिकांश सरकारी कार्यालयमा यस्तै भिड देखिन्छ । यो भिडभाडमा को रु संक्रमित छन् रु को छैनन् रु कसैलाई थाहा छैन । यो भीडमा कोही एक जना मात्र कोरोना संक्रमित भएमा उसले कोरोनाको फैलाउनेमा कुनै शंका छैन । त्यसैले सरकारी कार्यालय र सेवाग्राहीले एक अर्कालाई दोष दिनुको सट्टा कोरोना संक्रमणबाट जोगिन सबै सचेत हुन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *