Main News

डा. केसीको जीवन रक्षाका लागि वार्ता गर्न सरकारसँग चिकित्सक संघको आग्रह

हिमालय टिभी
२०७७ असोज १४ गते १५:१०
डा. केसीको जीवन रक्षाका लागि वार्ता गर्न सरकारसँग चिकित्सक संघको आग्रह

१४ असोज, २०७७ काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि वार्ता गर्न सरकारलाई आग्रह गरेको छ ।

संघले विज्ञप्ति निकालेर १७ दिनदेखि अनसन बसेका केसीको स्वास्थ्य गम्भीर बन्दा पनि सरकारले जीवन रक्षाका लागि कुनै पहल नगरेकोमा आपत्ति जनाएको छ ।

वार्ताका लागि सहजीकरण गर्न तयार रहेको पनि संघले प्रष्ट पारेको छ । संघले केसीको जीवन रक्षाका लागि कठोर कदम चाल्न बाध्य हुने भन्दै आन्दोलनको चेतावनी पनि दिएको छ ।

देशमा कोरोना संक्रमण तिव्र बनिरहेको बेलामा केसीको जीवन रक्षाका लागि हुने कार्यक्रमलाई मध्यनजर गरेर सरकारले अविलम्ब वार्ता टोली गठन गर्नुपर्ने संघको माग छ ।

साधारण नागरिकको गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षामा सहज पहुँचका लागि भन्दै केसीले राखेका माग सरकारकै अंगको रुपमा स्थापित भइसकेको भन्दै संघले यसअघिका सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *